बाल सृजनालय र एभरेस्ट फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं ।
कोकाकोला कप अन्तरस्कूल फुटबल प्रतियोगिताको अन्तिम चरणअन्तर्गत ब्वाइजतर्फ बाल सृजनालय स्कुल र एभरेस्ट सेकेन्डरी एकेडेमी फाइनलमा पुगेका छन्।

आइतबार भएको सेमिफाइनल खेलमा काठमाडौंको बाल सृजनालयले राजधानीकै गजुरमुखी इंग्लिस बोर्डिङ स्कुललाई १–० ले हरायो। टोलीको जितमा निर्मल मोक्तानले ६७औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो। अर्को खेलमा सर्लाहीको एभरेस्ट एकेडेमीले सुनसरीको महेन्द्र मेमोरियल स्कुललाई ४–२ गोलअन्तरले पन्छाएकोे थियो। विजेता टोलीका लागि मदन स्याङतानले ≈याट्रिक गरे।

फाइनल खेल शुक्रबार एन्फा कम्प्लेक्समा हुनेछ। गल्र्सतर्फ कैलालीको श्री शंकर सरस्वती अन्नपूर्ण स्कुलले काठमाडौंको ब्राइट फ्युचर स्टार सेकेन्डरी स्कुललाई ७–० गोलअन्तरले हरायो। त्यस्तै स्याङ्जाको भुम्रे सेकेन्डरी स्कुलले सुनसरीको आदर्श उच्च माविलाई ४–१ हराउँदा काठमाडौंको नेपालय इंग्लिस स्कुलले सिन्धुपाल्चोकको श्री सेतीदेवी शारदा स्कुलसँग १–१ बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्