निसाना गर्धनमा परेपछि



 

नयाँ दिल्ली, (एजेन्सी)
आर्चरीको अभ्यास गर्ने क्रममा आर्चरीकी महिला खेलाडीले आफ्नै साथी खेलाडीको गर्दनमा निसाना लगाएकी छन्। १४ वर्षीया खेलाडी फजिला खातुनलाई तत्कालै अस्पतालमा लगेर वाण निकालिएको थियो। उनी घर फर्किसकेको र खतरामुक्त भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सूत्रले जनाएअनुसार वीरभुम जिल्लाको बोलपुर स्पोर्टस् सेन्टरमा सोमबार बेहान आर्चरीको अभ्यास खेल चलिरहेको थियो। जियाउल शेख नामक खेलाडीले कोर्टमा टांगिएको बोर्डमा निसाना लगाएकी थिइन्। त्यसै बखत फजिला उनको सामु आइपुगिन् र वाणले उनको दाहिने गर्धनमा घुसेर आरपार भएको थियो। यो घटनापछि खेलाडीहरू सहयोगका लागि यताउता दौडिन थाले।

गम्भीर अवस्थामा महिला खेलाडीलाई बोलपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएको थियो। त्यहाँबाट उनलाई अस्पतालमा रिफर गरिएको थियो। आठ कक्षाकी छात्र फजिलाकी आमाले यसलाई दुर्घटनाको संज्ञा दिएकी थिइन्। तर घटनापछि वीरभुम जिल्ला स्पोर्टस बोर्ड छानविनमा परेको छ।

भारतीय खेल प्राधिकरणका क्षेत्रीय निर्देशक एमएस गोयन्दीले पनि यसलाई दुर्घटना नै बताए। उनले खातुनको गर्धनको छेउमा लागेको भाग्यवश उनको श्वास नलीमा नपरेकोमा भगवान्लाई धन्यवाद दिएका थिए। घटनाको प्रतिवेदन माँगिएको छ। फजिला जुलाईमा जिल्लास्तरीय आर्चरी प्रतियोगितामा छनोट भइसकेकी छिन्। परीक्षणमा रहेकी उनले भनिन्– ‘प्रशिक्षणमा कोच उपस्थित छैनन्।’

प्रतिक्रिया दिनुहोस्