मधुमेह भएका २० देखि ३० प्रतिशतलाई रेटिनामा असर



प्रशान्त वली

रेटिनालाई दृष्टि पर्दा पनि भनिन्छ। अधिकांश मधुमेह भएका बिरामीहरूलाई रेटिनामा असर देखिने गर्छ। नेपालमा कुल जनसंख्याको १० प्रतिशतलाई मधुमेह हुने गरेको बताइएको छ। जसमध्य २० देखि ३० प्रतिशतलाई रेटिना सम्बन्धी समस्या भएको बुझीएको छ। गत शुक्रबार र शनिबार नेपाल भिटीरियो रेटिना सोसाईटिको आयोजनामा काठमाडौंमा राष्ट्रिय रेटिना सम्मेलन भयो। सम्मेलनमा रेटिनाबाट आँखामा पर्ने असर, नेपालमा रेटिनामा असर परेका बिरामीको अबस्था लगायतका बिषयमा छलफल भएको थियो। मुख्यतह उच्च रक्तचाँप, मधुमेह र बिस्तारै उमेर बढ्दै जाँदा रेटिनामा असर देखिन थाल्छ। यस्तै महिना नपुगेर जन्मीएको बच्चामा समेत रेटिनामा असर पर्ने नेत्र बिशेषज्ञहरूको भनाई छ। नेपालमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले आँखाको समस्याका बारेमा कार्यक्रम भएपनि रेटिनाको असर र बच्ने उपायका बारेमा पर्याप्त मात्रामा नभएको बताइएको छ।

लामो अवधिसम्म रगतमा अनियन्त्रित चिनीको मात्राले रेटिनाको सानासाना रक्तनलीमा असर पुर्याउँछ, जसलाई डायबिटिक रेटिनोपैथी भनिन्छ। डायबिटिक रेटिनोपैथीमा रेटिनाको रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा दृष्टि पर्दा सुजन हुन्छ र दृष्टि धमिलो हुन्छ। पछि रेटिनामा अक्सिजनको आभावले नयाँ रक्त नशा बन्छ। ती कमजोर रक्तनलीबाट आँखाको भित्री पानी (भिट्रियस) मा रक्तस्राब हुँदा दृष्टि अचानक कम हुन जान्छ। पछि रेटिना खुम्चिने र जलविन्दु पनि हुन सक्छ। यो अति नै गम्भीर अवस्था हो, जुन उपचार गर्न पनि गाह्रो हुन्छ।

नेपालमा दुई सय १५ जना नेत्र रोग बिशेषज्ञ छन्। जसमध्य २८ जना रेटिना सम्बन्धी बिज्ञ छन्। यद्यपि तिलगंगा आँखा प्रतिष्ठानमा उपकरण सहितको उपचार गरिन्छ। यस्तै बिराटनगर आँखा अस्पताल, लुम्बीनि नेत्र बिज्ञान अध्ययन केन्द्रमा पनि रेटिनाको समस्या भएकाहरूको उपचार गरिन्छ।

अन्य आँखाको समस्या भनेको पटक–पटक आँखामा आनो आउनु, पटक(पटक चस्माको पावर बदली हुनु, मोतिबिन्दु चाँडो बन्नु, जलबिन्दु, सुक्खा आँखा र आँखाको मांसपेशी प्यारालाइसिस हुनु हो।
हाल नेपालमा कम्तीमा पनि पाँच सय नेत्र बिशेषज्ञ आबश्यक रहेको र कम जनशक्तिमा काम भईरहेको बताइएको छ। नजिक टाढा वा दुबै दुरीका बस्तुहरू धमिलो देखिएमा, आँखा खुम्च्याएर हेर्दा राम्रो देख्ने भएमा, टिभी नजिकै गएर हेर्ने बानि भएमा बारम्बार टाउको दुखेमा आँखामा समस्या भएको बुझ्नुपर्ने नेत्र बिशेषज्ञहरू बताउँछन्।

आँखामा हुने रोगबाट बच्नका लागी जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने प्रतिष्ठानले बताएको छ। मधुमेह तथा उच्च रक्तचाप भएका सबैले जाँच गराउनुपर्ने तिलगंगा आँखा अस्पतालका उपनिर्देशक रोहित सैजुले जानकारी दिनुभयो। अस्पतालका उपनिर्देशक रोहित सैजुले भन्नुभयो,–‘आँखा नदुख्ने तर बिस्तारै दृष्टि धमिलो भई टाढाको बस्तु छुट्टयाउन अफठेरो भएमा र आँखाको भित्री नानी सेतो भएमा मोतिबीन्दु हुन सक्छ। त्यसैले नजिकको आँखा अस्पताल वा आँखा शिबीरमा आँखाको नियमीत चेकजाँच गराउनुपर्छ। हरेक बर्ष ८७ लाख नागरीकले आँखा जाँच गराउनुपर्ने देखिन्छ।’

 

नेपाल भिटीरियो रेटिना सोसाईटिका महासचिब एबम् नेपाल तिलगंगा आँखा प्रतिष्ठानका कन्सल्टेन्ट डा. सम्यम बजिमयासंग रेटिना र उपचार बिधीका बारेमा गरिएको कुराकानिः


रेटिनामा असर परेको कसरी पत्ता लगाउने ?

रेटिना भन्दा बित्तीकै आँखासंग जोडिएको संबेदनशिल बिषय हो। आँखाको अल्ट्रा साउण्ड, भिडियो एक्सरे, ओसिपी, एन्जिओग्रामबाट रोगको निदान हुन्छ। ४ देखि ५ हजार रुपिंया सम्म रोगको पहिचान गर्न रकम खर्च लाग्ने देखिन्छ। त्यसकारण समय समयमा आँखाको परिक्षण गराईरहनुपर्छ।

नेपालमै उपचार सम्भब छ ?
सम्भब छ। रेटिनाको उपचारका बिभीन्न बिधीहरू छन्। लेजर थेराफि गर्न सकिन्छ। त्यसका लागि प्रति आँखा दुई हजार रुपिंया खर्च हुन्छ। यस्तै इन्जेक्सन पनि गर्न सकिन्छ त्यसका लागी प्रति आँखा ६ हजार रुपिंया लाग्छ। यसैगरि रेटिनाको अप्रेसन समेत गर्न सकिन्छ। त्यसका लागी प्रति आँखा २० देखि ३० हजार रुपिंया लाग्छ।

आँखा सम्बन्धी जनशक्ति त नेपालमा कम छन् नि होईन ?
नेपालमा दुई सय १५ जना नेत्र रोग बिशेषज्ञ छन्। जसमध्य २८ जना रेटिना सम्बन्धी बिज्ञ छन्। यद्यपि तिलगंगा आँखा प्रतिष्ठानमा उपकरण सहितको उपचार गरिन्छ। यस्तै बिराटनगर आँखा अस्पताल, लुम्बीनि नेत्र बिज्ञान अध्ययन केन्द्रमा पनि रेटिनाको समस्या भएकाहरूको उपचार गरिन्छ।

चुनौति के देख्नुहुन्छ ?
बिशेष उपकरणको अभाब छ। साथै जनमानसमा आँखाको समस्यालाई सामान्य रूपमा हेरिन्छ। सरकारले पनि रेटिना जस्तो बिषयलाई प्राथमिकतामा राख्नुपर्छ। दक्षजनशक्तिको समेत अभाब छ। तसर्थ सरकार र निजी क्षेत्रले पनि बिशेष ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्