सुनचाँदीको भाउ पुनः घट्यो


काठमाडौं ।

काठमाडौंमा बिहीबार सुनचाँदीको भाउ फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार ३ लाख २ हजार ८ सय रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन ५ हजार १३० रुपैयाँ रहेको चाँदी गत बिहीबार ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।