बाप्पेलाई रियल १६ करोड तिर्दै



 

मेड्रिड, (एजेन्सी)
रियल मेड्रिडले क्लबको इतिहासमा छैटौंपटक विश्व ट्रान्सफर रेकर्डका साथ मोनाकोका काइलीयान बाप्पेलाई अनुबन्धित गर्न तयारी भएको छ।

स्पेनीस ला लिगा च्याम्पियन रियल मेड्रिडले बाप्पेलाई १६ करोड पाउन्डमा अनुबन्धित गर्ने प्रस्तावलाई मोनाकोले स्वीकार गरेको हो। फ्लोरेन्टीनो पेरेजले १८ वर्षीय खेलाडीलाई यसै समरको शुरुआतमा अनुबन्धन गर्न लागेका थिए। तर बाप्पेका परिवार र सल्लाहकारले सो प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए।

किनभने उनीहरूले त्यतिबेलाको अनुबन्धन गलत समय भएको बताएका थिए।
रियलले हालै अल्भारो मोरोटोलाई चेल्सीमा बेचेको छ। क्लबले जेम्स रोड्रीगुएजलाई पनि दुई वर्षका लागि बायर्न म्युनिखमा लोनमा पठाएको छ। यसैले पनि बाप्पे रियलमा आउने पक्का भएको स्पेनीस अखबार मार्साले जनाएको छ।

रियलले पहिलो पटक सन् २००० मा सबैभन्दा बढी रकम ३ करोड ७० लाख पाउन्ड तिरेको थियो। यो त्यतिबेला नयाँ रेकर्ड थियो। एक वर्षपछि जिनेदाइन जिदानलाई ४ करोड ६० लाख पाउन्ड तिरेर अर्को नयाँ रेकर्ड बनायो। सन् २००९ मा दुईपटक रेकर्ड तोडियो। पहिलो काकालाई ५ करोड पाउन्डमा क्लबमा भित्त्यायो भने क्रिस्टियानो रोनाल्डोलाई ८ करोड पाउन्डमा रियलले किनेको थियो। गेरेथ बेललाई क्लबले सन् २०१३ मा अनुबन्धित गर्दा रोनाल्डोलाई भन्दा ५० लाख पाउन्ड तिरिएको थियो।

हाल म्यानचेस्टर युनाइटेडले पउल पोग्बालाई युभेन्टसबाट ८ करोड ९० लाख पाउन्डमा भित्त्याएपछि ठूलो ट्रान्सफर रकमको रेकर्ड बनेको छ। तर बाप्पेलाई रियलमा भित्त्याएमा यो सबैभन्दा ठूलो रकमको अनुबन्धित रेकर्ड बन्ने पक्का छ। रियलले बाप्पेलाई आगामी ६ सिजनका लागि अनुबन्धित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्