नेपाललाई चमत्कारी जितको आवश्यकता



काठमाडौं, (नेस)
नेपालले न्युजिल्यान्डमा अर्को वर्ष हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न आज अफगानिस्तानविरुद्ध चमत्कारी जित हात पार्नुपर्छ। सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकपको एसिया छनोटतर्फ अफगानिस्तानसँग नेपाल दुई अंकले पछि रहेको छ। पाँच खेलको समाप्तिमा अफगानिस्तानले सबै खेल जितेर १० अंक बनाएको छ। अफगानिस्तानसँग पहिलो राउन्डमा हारेपछि नेपाल ८ अंकसहित दोस्रो स्थानमा रहेको छ। यो क्षेत्रबाट एउटै मात्र टोली विश्वकपमा पुग्ने भएकाले नेपालका लागि आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा सशक्त प्रदर्शन गर्न आवश्यक छ।

अफगानिस्तानको नेट रनरेट हेर्दा नेपालको नेट रनरेट धेरै तल छ। अफगानिस्तानको ४ दशमलव १५९ नेट रनरेट छ भने नेपालको शून्य दशमलव ७६८ नेट रनरेट रहेको छ। पूरै पाँच खेलको समाप्तिसम्म अफगानिस्तानले दुवै विधा बलिङ र ब्याटिङमा सानदार प्रदर्शन गरेको छ।

अफगानिस्तानले नेपाललाई हराउँदा पनि एक सय रनभन्दा बढी अन्तरको जित हात पारेको थियो।

नेपालको ब्याटिङ हे¥यो भने संघर्षरत रहेको छ। मलेसियासँग हिजोको खेलमा जित हात पार्न पनि पाँच विकेटको नोक्सानी बेहोरेको थियो। ९३ रनको लक्ष्य स्कोरबोर्डमा भए पनि नेपालको ब्याटिङ सोचेजस्तो राम्रो भएन। त्यसो त बलिङमा भने कप्तान सन्दीप लामिछाने प्रभावशाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्