आईडब्ल्यूएफएन कराते शुरू



 

काठमाडौं, (नेस)
आईडब्ल्यूएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्ल्यूएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुरू भएको छ। प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीबीच विभिन्न स्पर्धामा प्रतिस्पर्धा भएको छ। पुरुषको ३० केजीमा गोमन गिरीले सोनाम लिम्बु तथा विशाल शाहले सन्देश गुरुङलाई पराजित गर्दै सेमिफाइनलमा पुगे। ४० केजीमा सुविन सुनुवारले रविन श्रेष्ठ तथा राजन ब्लोन तामाङले अरुण मगरलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
त्यस्तै पुरुषको ४५ केजीमा आकाश मण्डल र सरोज लामा, ३५ केजीमा आर्यमान भण्डारी र सुरेन्द्र तामाङ तथा २० केजीमा रमेश अर्याल र अपिल पौडेल सेमिफाइनलमा पुगे।

महिलाको २५ केजीमा इशारा मगरले खुसी मण्डल तथा दीपा राईले मनीता घलेलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। प्रतियोगिताको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे।

प्रतिक्रिया दिनुहोस्