मथिनपाको मेयरमा श्रेष्ठ र उपमेयरमा मधिकर्मी बिजयी



भक्तपुर,(नेस) ।
मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय हुनुभएको छ ।

सोमबार सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा मधिकर्मीले १० हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्काले सात हजार ७६२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्