चन्द्रागिरि नपामा काँग्रेस विजयी



काठमाडौँ, ७ जेठ । चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रह्लाद कार्कीले १० हजार ४२१ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेका लीसा नकर्मीले ११ हजार ८३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्रावती श्रेष्ठले ११ हजार २३८ मत प्राप्त गर्नुभयो ।

कुल १५ वडा रहेको नगरपालिकामा कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । विजयीलाई बुधबार एक कार्यक्रमबीच ग्रहण गराइने प्रमुख निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्