रुकुममा उत्साहजनक मतदान



धनवीर दाहाल, रुकुम ।
स्थानीय तहको निबार्चन रुकुममा उत्साहजनक रुपमा भइरहेको छ ।

बिहान ठिक ७ बजेबाट सुरु भएको मतदान कार्यमा बिहानै ६ बजेदेखी मतदाता उत्साहका साथ लाइनमा बसिसकेका थिए । पहिलो चरणको निबार्चनमा तिन नगरपालिका र तिन गाँउपालिका गरी ६ स्थानीय तहको निबार्चनमा सबै शान्तिपुर्णमा मतदान भइरहेको छ ।

१०७ मतदान केन्द्रमा कुनै पनि अवरोध तथा अशान्ति नभएको मुख्य निबार्चन अधिकृतको कार्यालय रुकुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्