भक्तपुरमा तनाव, गठ्ठाघरमा फर्सिभित्र सकेट बम



भक्तपुर, वैशाख ३१–भक्तपुरको गठ्ठाघर बाट कौशलटार तिर जाने सहायक सडकमा फर्सिभित्र राखेको अवस्थामा सकेटबम भेटिएको छ । नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ ।

पहिलो चरणको स्थानिय निर्वाचन शुरु भईसकेको समयमा भेटिएको सकेटबम नेपाली सेनाको टोलीले निष्क्रिय बनाईसकेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिनुभयो ।

सकेटबम कसले राखेको भन्नेबारे खुल्न नसकेको न्यूज अफ नेपालका समाचारदाता पुष्कर बुढाथोकीले घटनास्थलबाट जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्