पोखरामा पनि मतदान सुरु



पोखरा, ३१ वैशाख । स्थानीय तहको निर्वाचनको प्रथम चरणअन्तर्गत कास्की जिल्लामा आज बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ ।

जिल्लाअन्तर्गतका पाँच स्थानीय तह पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडामा वडाध्यक्ष र सदस्य गरी कुल ३७० पदका लागि निर्वाचन गरिन लागिएको हो ।

कास्कीमा कुल दुई लाख २४ हजार ८११ मतदाता रहेकामा पोखरा लेखनाथ महानगरपालिकामा मात्र एक लाख ६८ हजार ६७ मतदाता रहेका छन् ।

जिल्लामा कुल मतदातामध्ये एक लाख चार हजार ५७६ पुरुष, एक लाख २० हजार २३० महिला र पाँचजना तेस्रोलिङ्गी मतदाताले आजको निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्