एक सय पाँच वर्षीय वृद्धाद्वारा मतदान



गोरखा, ३१ वैशाख । गोरखामा १०५ वर्षीया नन्दा पौडेलले मतदान गर्नुभएको छ ।

उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्