उल्लासमय बातावरणमा मतदान



नेपाल समाचारपत्र, नवलपरासी ।
पहिलो चरणको स्थानीय निर्वाचन भईरहेको नवलपरासीको नवलपुर र पहाडी क्षेत्रमा आईतबार विहान ७ बजे देखि सवै मतदान केन्द्रहरुमा उल्लासमय बातावरणमा मतदान सुरु भएको छ ।

जिल्लाको मध्यभाग स्थित कावासोती नगरपालिका वडा नं.२ शिववस्ती मतदान केन्द्रमा विहान चार बजे देखिनै मतदाताहरु लाईनमा बसेको स्थानीय पवित्रा भण्डारीले बताउनु भयो ।

करिव विस वर्षको लामो अन्तराल पछि भएको स्थानीय चुनावको उमंग र दिउसो गर्मी हुने हावा हुरी चल्ने सम्भावनका कारण पनि मतदाताहरु सवेरै मतदान स्थल पुगेकाहुन् ।

यहाको चार नगर पालिका र चार गाउं पालिकामा शान्त वातावरणमा स्थानीय निर्वाचनका लागि मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान भैरहेका स्थानीय निकायहरुमा गैडाकोट,देवचुली,कावासोती र मध्यविन्दु नगरपालिका तथा बुलिंग,बुंग्दीकाली,हुप्सेकोट तथा विनयी त्रिवेणी गाउपालिका रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्