सरकारी जागिर छोडेर चुनावमा

0
Shares

नेपाल समाचारपत्र
मुगु
वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सरकारी जागिर छोडेर उम्मेदवार बन्नेको संख्या पनि उत्तिकै देखिएको छ।

छायानाथ रारा गाउँपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट नगरपालिकाको दुई नम्बर वडामा रहेको गम स्वास्थ्य चौकीका इन्चार्जबाट हरिजंग शाहीले जागिरबाट राजीनामा दिएर प्रमुख पदमा उम्मेदवारी पाएका छन्। त्यस्तै नगरपालिकाको उपप्रमुखमा स्थायी शिक्षकबाट राजीनामा दिएर एमालेका तर्फबाट उम्मेदवार सुन्तला रोकाया बनेकी छन्। दुई वर्षअघि भएको एमालेको जिल्ला अधिवेशनताका शिक्षकबाट राजीनामा दिएका एमालेको सचिव बनेका सचिव जितबहादुर मल्ल र जिल्ला सदस्य बनेका सोनाम लामा पनि उम्मेदवार बनेका छन्। मल्ल नगरपालिकाको प्रमुख र लामा मुगुम गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका हुन्। सोरु गाउँपालिकाको प्रमुखका लागि आफूले फागुन महिनामै स्थायी र प्रधानाध्यापक पदबाट समेत राजीनामा दिए पनि पार्टीले आफूलाई टिकट नदिँदा नेकपा एमालेबाट बागी उम्मेदवार बन्न सक्ने सम्भावना रहेको गाउँपालिका उम्मेदवारका आकांक्षी जनकबहादुर शाहीले नेपाल समाचारपत्रलाई बताए।

त्यस्तै एमालेबाट लामो अवधिसम्म अस्थायी शिक्षकमा कार्यरत शिक्षिकाबाट राजीनामा दिएर सोरु गाउँपालिकाको उपप्रमुखमा राज्यलक्ष्मी मल्ल र खत्याड गाउँपालिकाबाट जयनन्दा रावल उपप्रमुखका उम्मेदवार बनेका छन्। त्यस्तै सोरु गाउँपालिकाबाट नै उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट उपप्रमुखको उम्मेदवार बनेकी विष्णुदेवी देवकोटाले पनि शिक्षकबाट राजीनामा दिएकी हुन्। यता छायानाथ रारा नगरपालिका वडा नम्बर १३ को प्रमुखमा शिक्षक छोडेर चक्र सावतले कांग्रेसबाट उम्मेदवार बनेका छन्।

मुगुमा सरकार जागिर छाडेर चुनावमा उम्मेदवारी बनेपछि उम्मदवारलाई जित्न र जिताउन स्थानीय तह चुनावमय र सफल नेतृत्व चयन हुनेमा सर्वसाधारण आशावादी देखिएका छन्।

Skip This