सहकारी दिवस मनाउन फुटबल प्रतियोगिता


नेपालगन्ज, १४ चैत । साठीऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ पत्रकार–११ र कोहलपुर–११ बीच भएको फुटबल खेलमा कोहलपुर–११ एक गोलले विजयी भयो ।

नकआउटका आधारमा खेलाइएको खेलमा कोहलपुर–११ का तर्पmबाट लोकेन्द्र हमालले गरेको गोल नै निर्णायक बन्यो ।

कुल चार टिमको सहभागिता रहेको सो फुटबल प्रतियोगिताको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि बिहान हुनेछ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।