राजेन्द्र र सन्ध्या पहिलो



काठमाडौं, (नेस)
काठमाडौं खेल मण्डल (एनआरटी) को ८२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रथम प्रो. बालकृष्णमान सुवाल टेबलटेनिस प्रतियोगितामा राजेन्द्र कपाली पुरुष एकलमा पहिलो भएका छन्।

राजेन्द्रले शनिबार सम्पनन फाइनलमा प्रज्ज्वलकान्त मैनालीलाई २–० ले पराजित गरे। महिला एकलको फाइनलमा सन्ध्या शाक्यले प्रेमिता डंगोललाई सोझो सेटमा २–० ले हराइन्। ५५ वर्षमाथिको पुरुष एकलमा विनय सिंहलाई हराएर किरण श्रेष्ठ च्याम्पियन बने। प्रतियोतिामा कूल ५२ खेलाडीले भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्