सोमलाई स्वर्ण


काठमाडौं, (नेस)
ब्रुनाईमा भएको ब्रुनाई ओपन एथ्लेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन्।

४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत पदक जितेको नेपाल एथ्लेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन्। दुईदिने प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ पुरुषमा उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ तारिखमा स्वर्ण र मार्च १९ मा रजत जितेका थिए। सोमबाहेक प्रतियोगितामा यामसाजन सुनारले पनि प्रतिस्पर्धा गरेका थिए। याम १ सय मिटर दौडमा पाँचौं र २ सय मिटर दौडमा छैटौं स्थानमा रहे।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।