हुन्डाई ओपनमा विकास विजेता



काठमाडौं, (नेस)
विकास शाहले सातौं हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा जितेका छन्।

शाहले ३९ अंक जोडेर उपाधि पक्का गरेका हुन्। दोस्रो स्थानमा रहेका आङनोर्बु शेर्पा एक अंकले पछि परेका थिए। ८ ह्यान्डिक्यापको खेलमा शाहले पहिलो ९ होलमा १९ र अन्तिम ९ होलमा २० अंक जोडेका थिए। उनले ट्रफीसँगै १ लाख
नगदको गिफ्ट भौचर हात पारे।

त्यस्तै शेर्पाले पहिलो ९ होलमा २० अंक जोडेर अग्रता लिए पनि अन्तिम ९ होलमा १८ अंक मात्रै जोड्न सकेका थिए। उनले ५० हजार नगदको गिफ्ट भौचर हासिल गरेका थिए। निश्चयजंग रायमाझी तेस्रो स्थानमा रहेर २० हजार नगदको गिफ्ट भौचर प्राप्त गरे।

यसै गरी प्रतियोगितामा वाङ्चेन धोन्दुपले ग्रोस ट्रफी र ५० हजारको गिफ्ट भौचर जिते। त्यस्तै महिलावर्गमा प्रतिमा शेर्पाले ३६ अंकसहित पहिलो स्थान हात पारिन्। उनले २० हजार नगदको गिफ्ट भौचर हासिल गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्