म्यानचेस्टर सिटी बाहिरियो



लन्डन, (एजेन्सी)
फ्रेन्च क्लब मोनाकोसँग पराजित भएसँगै इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी जारी सिजनको यूएफा च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलपश्चात् अवे गोलका आधारमा मोनाको विजयी भएपछि सिटी प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको हो। घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा मोनाको ३–१ को जितले विजयी भएपछि समग्रमा ६–६ गोलको बराबरी नतिजा आए पनि अवे गोलका आधारमा मोनाकोले क्वार्टरफाइनलमा स्थान पक्का गर्यो। पहिलो लेगमा ५–३ ले विजयी भए पनि सिटीले यात्रालाई लम्ब्याउन सकेन। जारी सिजनमा १ सय २३ गोल गरिसकेको फ्रेन्च लिग वान टोली मोनाकोले खेलको पहिलो हाफसम्म २–० ले अग्रता लिएको थियो। खेलको आठौं मिनेटमा लोट्टिन र २९औं मिनेटमा फाविन्होले मोनाकोका लागि गोल गरेका थिए। यता खेलको ७१औं मिनेटमा सेनले १ गोल फर्काएपछि सिटीले राहत महसुस गरेको थियो। तर, उक्त राहत ६ मिनेटपछि नै टुंगियो। खेलको ७७औं मिनेटमा स्लाकले बाकायोकोको पासमा हेडिङ गोल गर्दै सिटीको च्याम्पियन्स लिग यात्रालाई टुंग्याइदियो।

प्रतिक्रिया दिनुहोस्