एसियन जोनल चेस चैतमै हुने



नेपाल समाचारपत्र
काठमाडौं
विश्व चेस महासंघ फिडेद्वारा आयोजित हुने विश्वकप चेसको छनोट प्रतियोगिता एसियन जोनल ३.२ चेस च्याम्पियनसिप नेपालमै आयोजना गर्न लागेको छ। बुधबार पत्रकार सम्मेलनमा जनाएअनुसार सो प्रतियोगिता चैत १५ गतेदेखि २५ गतेसम्म चल्नेछ। यसअघि पहिलोपटक यसै छनोट प्रतियोगिता ७१ सालको चैतमा नगरकोटमा आयोजना गरिएको थियो।

यस प्रतियोगितामा फिडेको एसियन ३.२ क्षेत्रमा पर्ने एसियाका ६ राष्ट्र नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानको सहभागिता हुनेछ। प्रतियोगितमामा महिलातर्फ १६ जना तथा खुलातर्फ ३० गरी कुल ४६ खेलाडीले सहभागिता जनाउनेछन्। नेपालले दोस्रोपटक आयोजना गर्न लागेको यो ऐतिहासिक प्रतियोगितामा नगद पुरस्कार ६ लाख ५० हजार रहेको छ भने प्रतियोगिता सञ्चालनार्थ अनुमानित ३० लाख रुपियाँ खर्च लाग्नेछ।

यस च्याम्पियनसिपका विजेताले फिडे विश्व चेस च्याम्पियनसिप २०१६–२०१८ अन्तर्गत आगामी सेप्टेम्बर २ देखि २८ तारिखसम्म जर्जियाको टिबिलिसी शहरमा आयोजना हुने फिडे विश्वकपमा सहभागिता जनाउन पाउनेछन्। जसको पहिलो चरणमा १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यस च्याम्पियनसिपका विजेताले सीधै अन्तर्राष्ट्रिय मास्टर (आईएम) को उपाधि प्राप्त गर्नेछन्। यसै गरी ९ खेलबाट ६५’ अंक ल्याउने खेलाडीले फिडे मास्टर (एफएम) र ५०’ अंक प्राप्त गर्नेले क्यान्डिडेट मास्टर (सीएम) उपाधि पाउनेछन्। त्यसै गरी महिलातर्फ पनि उही उपाधि प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्