एसिसी इमर्जिङ नेशन कप खेल्न मल्लको कप्तानीमा क्रिकेट टोलीको घोषणा



काठमाडौं, नेस । आगामी मार्च २५ देखि बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

मल्लको कप्तानीमा घोषित १५ सदस्यीय नेपाली क्रिकेट टोलीमा ३ नयाँ अनुहार थपिएका छन, भने चार सिनियर खेलाडीलाई आराम दिइएको छ । स्वास्थ्यका कारण पारस खड्का खेल्न नसक्ने भएपछि मल्ललाई कप्तानी दिईएको हो । नयाँ अनुहारमा मोहम्मद आसिफ शेख, दीलिप नाथ र दीपेश श्रेष्ठ रहेका छन् ।

नियमित कप्तान पारस खड्कासँगै भेट्रान स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मी तथा तीव्र गतिका बलर सोमपाल कामीलाई आराम दिइएको छ । खड्काले भने अस्वस्थताका कारण यसअघि नै बंलादेश नजाने बताइसकेका थिए । यसैगरी, भुवन कार्की र सुशन भारी पनि टोलीमा फर्किएका छन् ।

टोलीको उपकप्तानमा शरद भेषावकर छन् । वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, सुशिल कँडेल, जितेन्द्र मुखिया र राजेश पुलामी मगर रहेका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलमा नेपाली टोलीमा १४ खेलाडी थिए ।

इमर्जिङ कपमा भने १५ जना खेलाडी हुनेछन् । मार्च २५ देखि अप्रिल ४ सम्म हुने प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको यू–२३ टिम तथा नेपालसहित अफगानिस्तान, हङकङ र मलेसियाको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्