रिम्स र नेपालय विजेता



काठमाडौं, (नेस)
रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र नेपालयले छैटौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा फेरि उपाधि जितेका छन्। गत संस्करणमा पनि दुवै टोलीले उपाधि जितेका थिए। सोमबार सानो गौचरणमा भएको छात्रतर्फको फाइनलमा रिम्सले एकता जेम्सलाई २–१ गोलले पराजित गर्यो। विजेता टोलीका लागि डेन्डी शेर्पा र राम तामाङले गोल गरे। एकताका शंकर लिम्बुले सान्त्वना गोल गरे। सोही विधामा अरूण तेस्रो भयो।

संस्थागत विद्यालय संघ नेपाल (इशान) द्वारा आयोजित प्रतियोगिताको छात्रा उपाधि भिडन्तमा नेपालयले छहारी शिक्षा सदनलाई १–० गोलले हरायो। जसमा एलिशा तामाङले निर्णायक गोल गरिन्। एकता जेम्सले तेस्रो स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्