रिबकको शोरुम शेर्पा मलमा



काठमाडौं, (नेस)
स्पोर्टस ब्रान्ड रिबकको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले शेर्पा मल दरबारमार्गमा आधिकारिक एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ।

उक्त शोरुम मंगलबार पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहका बीच उद्घाटन गर्नुभयो। एक्सक्लुसिभ शोरुममा रिवक कम्पनीले उत्पादन गरेका जुत्ता, ट्रयाक सुट, टिर्सटलगायतका विभिन्न खेल सामग्रीहरू रहेका छन्।

खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई लक्षित गरी शोरुम सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले जानकारी दिनुभयो। शोरुममा मौसम अनुसारका सबै प्रकारका खेल सामग्री तथा पहिरन रहने प्रबन्ध निर्देशक तुलाधरको भनाइ छ।

कम्पनीले अब रिवक ब्रान्डका स्पोर्टस सामग्रीहरू दरबारमार्गसहित न्युरोड र त्रिपुरेश्वरमा बिक्री बितरण शुरू गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्