कृषालाई कांस्य



नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन्। १६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन्। कृषा मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा सहभागी एक्लो नेपाली महिला खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्