टेनिस टोली भारत जाँदै



काठमाडौं, (नेस)
विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ ।

फेब्रुअरी २७ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा आदित सुवेदी, सम्यकभूषण वज्राचार्य र इभेक जोशी रहेका छन् । महिलामा अभिलाषा विष्ट, प्रेरणा कोइराला र सलोनी तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्