मणिकला १९औं स्थानमा



काठमाडौं, (नेस)
जापानको सापारोमा भएको आठौं एसियाली हिउँदे खेलकुदअन्तर्गत क्रस क्रन्ट्री स्कीइङ इभेन्टमा नेपाली खेलाडीले १९औं स्थान हासिल गरेकी छन्।
विभिन्न देशका २३ खेलाडीको सहभागिता रहेको महिला १० किमी फ्रि दौडमा नेपालकी मणिकला राईले सहभागिता जनाएकी थिइन्।

उनले सो दूरी २१ मिनेट ३९ दशमलव २० सेकेन्डमा पूरा गरिन्। उने यसै इभेन्टको १५ किमी फ्रि मास दौडमा फेबु्रवरी २६ मा भाग लिनेछिन्।

प्रतिक्रिया दिनुहोस्