साइपालद्वारा उपाधि रक्षा



काठमाडौं, (नेस)
साइपाल एकेडेमीले दोस्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ। मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन साइपालले काष्ठमण्डपको ‘ए’ टिमलाई १३–१२ को साँघुरो अन्तरले पराजित गर्दै उपाधि रक्षा गर्यो।

साइपालका निश्चल गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। चारदिने प्रतियोगितामा आयोजकको २ सहित ८ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्