प्रदीपलाई स्वर्ण



काठमाडौं, (नेस)
सीतापाइलाका प्रदीप राईले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको पुरुष एकल कातामा शुक्रबार स्वर्ण जितेका छन्।
प्रदीपले टिमसँग मिलेर टिम कातामा पनि स्वर्ण हात पारेका हुन्।

सीतापाइलास्थित शिशु निकुञ्ज उमाविद्वारा आयोजित प्रतियोगितामा प्रदीपले आयोजकका निखिल केसीलाई पछि पारे। त्रिनेत्रका बलराम बजगाईं तेस्रो भए। नेपाल सोतोकान कराते संघको वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको प्रतियोगिताको महिला टिम कातामा सीतापाइलाका निशा श्रेष्ठ, सीता तामाङ र सुजना तामाङको टिम पहिलो भए।

प्रतियोगिताको नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीले निर्णायक कृष्णकुमार मानन्धरलाई खेल सामग्री हस्तान्तरण गरी उद्घाटन गरे।

प्रतिक्रिया दिनुहोस्