हेड गर्नु मस्तिष्कलाई घातक



लन्डन, (एजेन्सी)
वैज्ञानिकहरूले पूर्वफुटबलरलाई डिमेन्सिया भन्ने रोग लाग्ने पत्ता लगाएका छन्। फुटबल खेलाडीले बललाई टाउकोले प्रहार गर्दा र एक अर्काको टाउको ठोकिँदा यस्तो रोग लाग्ने प्रबल सम्भावना बन्ने वैज्ञानिकले हालै सानो अध्ययनले जनाएका हुन्।

मस्तिष्कमा क्षति भई डिमेन्सिया रोग लागेर हालसम्म ६ व्यक्तिको मृत्यु भइसकेको पोस्टमार्टमबाट पत्ता लागेको पनि जनायो। उनीहरूले लामो करिअरसम्म फुटबल खेलेका थिए। साथै छ जना नै बललाई हेड प्रहार गर्नेमा माहिर थिए।

तर विज्ञहरूले फुटबललाई हेडिङ गर्ने र डिमेन्सिया रोग लाग्नेबीच रहेको सम्बन्ध साबित गर्न ज्यादा अनुसन्धान गर्नुपर्ने बताएका छन्। लन्डनको न्युरोलोजी यूसीएल इन्स्टिच्युटका सहअनुसन्धानकर्ता हु मोरिसले बताए– ‘केही पूर्वफुटबलरमा उत्पन्न हुने यो रोग पूर्वबक्सरमा पनि देखा परेको छ। तर मसँग ज्यादै न्यून संख्यामा खेलाडी मात्रै यस्तो रोग देखा परेका छन्।’

मोरिसले बताए– ‘ती खेलाडीका करिअरमा औसत खेल्ने भनेको २६ वर्षका थिए। जसले हजारौं घण्टा खेलिरहेका हुन्छन्। हजारौं घण्टा अभ्यास हुन्छ र हजारौं हेड हुन्छन्। विचार गर्दा फुटबल खेल्नेबाट जोखिम ज्यादै कम छ।’

फुटबल विश्वमा ज्यादै लोकप्रिय खेल हो। वैज्ञानिकहरूले टाउकोमा चोट लाग्नु खतरा रहेको बताएका छन्। मुटु वा रगतनली स्वस्थ राख्ने खेलभन्दा फुटबल नै खतरा भएको वैज्ञानिकको भनाइ छ। यी स्वास्थ्य लाभ दिने खेलले डिमेन्सियालाई विकास गर्न विस्तारै रोकिने पनि वैज्ञानिकले दाबी गरेका छन्।

बुधबार जोर्नल एक्टा न्युरोपाथोलोजिकामा प्रकाशित भएअनुसार अध्ययनले १४ जना संन्यास लिएका फुटबलरलाई डिमेन्सिया रोग देखा परेको छ। ६ जनाको पोस्टमोर्टम गरेकोमा वैज्ञानिकहरूले क्रोनिक ट्राउमेटिक इन्सेफालोपाथी (सीटीई) को प्रमाण भेटाएका थिए। यसले डिमेन्सिया रोग लागेको प्रबल कारण भएको पनि वैज्ञानिकहरूले पत्ता लगाए। ती छ जनासँग अल्जेमेर रोगको लक्षण पनि देखा परेको थियो।

ब्रिटेनका फुटबल संघले मस्तिष्क रोगलाई कम पार्न ज्यादै काम गर्न आवश्यक भएको बताएको थियो। संघले पूर्वफुटबलरका लागि मस्तिष्कको रोग ज्यादै सामान्य विषय भएको पनि बतायो।

प्रतिक्रिया दिनुहोस्