दिउँसै बाघ आतंक



वीरगन्ज, (नेस)
पर्सामा दिउँसै मंगलबार बाघको आतंकले जनजीवनमा त्रास छाएको छ। जिल्लाको महुवन, लखनपुर, एकडर्वामा पर्सा वन्यजन्तु आरक्ष र राष्ट्रिय वन जंगलबाट निस्केको बाघको आतंकले दर्जनौं बस्तीका स्थानीयहरूमा त्रास छाएको हो।

बाघ हेर्नेको भीड लागेपछि भिड देखेर तनावमा आएको बाघले एकाएक मान्छेलाई आक्रमण गर्न थालेको हो। बाघ हेर्न गएका १० जना प्रहरीसहित गाउँलेहरू बाघको आक्रमणबाट घाइते बनेका छन्। बाघको आक्रमणबाट घाइते भएकाहरू इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक चक्रबहादुर शाह, प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा, हवल्दार दीपेन्द्र यादव र लखनपुर गाविसका आसमन राउत कुर्मी, तुफान राउत कुर्मी, महेश राउत कुर्मी, बच्चा यादव र रामनगरी गाविसका रघुवीर साह कानु रहेका छन्।

गम्भीर घाइते भएका रघुवीर, मोतीलाल, प्रहरी निरीक्षक चक्रबहादुर साह र सहायक निरीक्षक अरुणकुमार झालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। महुवन, लखनपुर, एकडर्वामा पर्सा वन्यजन्तु आरक्ष र राष्ट्रिय वन जंगलबाट बस्तीमा पसेपछि नियन्त्रणमा जुटेका बेला रिसाएको बाघले आक्रमण गरेको हो। आतंक मच्चाएको बाघलाई जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गोली हानी मारिदिएको छ।

प्रतिक्रिया दिनुहोस्