उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

२०८३ असोज २२ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका खत्रीलाई प्रधान सेनापति सिग्देलले बुधबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, विभिन्न अधिकृत तथा पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।