सिटीद्वारा स्वान्सी पराजित



लन्डन, (एजेन्सी)
इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीद्वारा स्वान्सी पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सिटीले स्वान्सीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बराबरीतिर अग्रसर उक्त खेलमा थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा गाब्रियल जिससले निर्णायक गोल गरेपछि सिटीले तीन अंक आफ्नो पोल्टामा पार्न सफल भयो ।

यसअघि खेलको ११औं मिनेटमा पनि गाब्रियलकै गोलबाट सिटीले सुरुवाती अग्रता लिन सफल भएको थियो । पहिलो हाफसम्म एक गोलले अघि रहेको सिटीविरुद्ध खेलको ८१औं मिनेटमा सिगर्डसनले गोल गरेपछि स्वान्सी खेलमा फर्किएको थियो । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको सिटीको २४ खेलबाट ४९ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्