जनताको प्रश्न: अनुदान कहिले पाइन्छ सरकार ?



मोतीराम तिमल्सिना, काभ्रे
सरमथली गाविस वडा नम्बर–१ का जीवन तामाङले भूकम्प गएको एक वर्षसम्म घर निर्माण गरेनन्। भूकम्पले क्षतिग्रस्त भएको घर पुनर्निर्माण नहु“दा उनको परिवार जस्ताको टहरामै बसिरहेको थियो। वर्षात्, हिउ“दको चिसो र चर्काे गर्मी छल्न धौधौ भएपछि जीवनले घर बनाउने निर्णय गरे।

सरकारले दिने भनेको अनुदान रकम दशैंअघि पहिलो किस्ताबापत प्राप्त भयो तर विडम्वना उनको नाम भूकम्पको लाभग्राही सूचीमा समेत परेन। गाउ“ विकास समितिका सचिवले गुनासो फाराम भराए। त्यसको सुनुवाइसमेत हुन सकेको छैन। तर पनि जीवनले घर निर्माण गर्ने योजना रोकेनन्। ४ महिनामा उनले घर निर्माण कार्य सम्पन्न गरे।

राज्यले उनीजस्ता भूकम्पपीडितका लागि रकम दिने विषयमा निर्णय गरेको छैन। एकमुष्ट रकम दिनुपर्छ भन्दै संसद् अवरुद्ध गरेको नेपाली कांग्रेस सरकारमा गएको पनि ६ महिना पूरा भएको छ भूकम्पपीडितको समस्या जस्ताको तस्तै छ। जीवनजस्ता अन्य केही व्यक्तिहरूले पनि सरकारको मुख नहेरी घर निर्माण शुरू गरेका छन्। र निर्माण गरिसकेका पीडितहरूलाई एकमुष्ट रकम दिन मिल्ने कि नमिल्ने? दोस्रो किस्ताको कार्याविधिसमेत नआएको अवस्थामा जीवनजस्ता जिल्लाका केही पीडितहरूले सरकारस“ग अनुदानको सबै रकम कहिले आउने भन्दै प्रश्न तेस्र्याएका छन्।

स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ तथा पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी जिल्ला स्तरीय गुनासो व्यवस्थापन समितिमार्फत ६७ हजार ७ सय ११ जना लाभग्राहीमध्ये ६२ हजार २१ जनास“ग सम्भकmौता सम्पन्न गरेको छ। प्रथम किस्ताको निकासा ६१ हजार २ सय ७४ जनाले प्राप्त गरेका छन्। जसअनुसार भूकम्पपीडितहरूलाई ३ अर्ब ६ करोड ३७ लाख रकम भुक्तानी भइसकेको छ।

सरकारी अनुदानबाट ५८ हजार ७ सय ७१ जनाले अनुदान पाए भने गैरसरकारी निकायबाट २ हजार ५ सय ३ जनाले अनुदान पाए। २ अर्ब ९३ करोड ८५ लाख ५० हजार रकम सरकारी अनुदानबाट भुक्तानी भएको छ भने गैससबाट १२ करोड ५१ लाख ५० हजार भुक्तानी भएको छ। १२ वटा गाविसमा पूर्ण रूपमा सम्झौता सम्पन्न भएको छ। फला“टे र भुम्लुटार गाविसमा अझै सम्झौता हुन सकेको छैन।

उक्त गाविसमा जग्गाधनी पुर्जा नभएकाले सम्झौता हुन नसकेको हो। २१ हजार ९ सय २९ गुनासो दर्ता भएका छन्। तीबाहेक जिल्ला गुनासो व्यवस्थापन समितिबाट ३ सय ४१ गुनासोहरू सम्बोधन भएका छन्। प्रथम किस्ता लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या १५ सय २१ पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइका संयोजक स्थानीय विकास अधिकारी टेकराज निरौलाले जानकारी दिए। केही गुनासा केन्द्रबाट सुनुवाइ भइसकेका छन्। जिल्ला विकास समितिमार्फत ती गुनासा सम्बोधन हुने पुनर्निर्माण प्राधिकरण काभ्रेका प्रमुख ध्रुव गैडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्