निर्वाचन कसूरसम्बन्धी विधेयक पास



काठमाडौं, (नेस)
व्यवस्थापिका संसद्ले निर्वाचन (कसूर तथा सजाय) विधेयक पारित गरेको छ। संसद्को राज्यव्यवस्था समितिले निर्वाचन कसूर तथा सजायसम्बन्धी विधेयक शुक्रबार नै पारित गरेको भए पनि संसद्मा प्रवेश गरेको थिएन। सोमबार बसेको पहिलो बैठकमा कार्यसूचीबाट हटाइएको यो विधेयकसम्बन्धी प्रस्ताव दोस्रो बैठकमा प्रस्तुत गरी पारित गरिएको हो।

सोमबार बसेको दोस्रो बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो। सरकारले निर्वाचनसम्बन्धी संसद््मा दर्ता गराएको पाँचवटा विधेयकमध्ये व्यवस्थापिका संसद्को बुधबार बसेको बैठकले मतदाता नामावाली विधेयक–२०७३ र निर्वाचन आयोग विधेयक २०७३ लाई पारित गरेको छ। अब निर्वाचनसम्बन्धी राजनीतिक दल र स्थानीय निर्वाचनसम्वन्धी दुईवटा विधेयक राज्य व्यवस्था समितिमा छलफल भएर सदनमा आउन बाँकी छ।

राज्यव्यवस्था समितिका सदस्य एवम् काग्रेस सांसद् आनन्द ढुंगानाका अनुसार यी दुई विधेयकमा दलहरूबीच सहमति हुन बाँकी छ। थ्रेसहोल्डलगायतका विषयमा दलहरूबीच मतभेद रहेको छ। निर्वाचन विधेयक समयमै तयार नहुँदा लक्षित मितिमा निर्वाचन हुनेमा समेत आशंका पैदा भएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १५ गते सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्