गायक ओझा जेल चलान

काठमाडौं, (नेस)
चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझालाई सर्वोच्च अदालतले १० वर्षको कैदको फैसला सुनाएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

गायक ओझाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दा दायर भएको थियो। यही माघ ४ गते अदालतले सो फैसला गरेपछि गायक ओझा राजधानीमा लुकिछिपी बस्दै आएका थिए।

अदालतको फैसलापछि फरारको सूचीमा रहेका ओझालाई केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार शंखमूलबाट पक्राउ गरेको थियो। गायक ओझालाई शुक्रबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो। जिल्ला अदालत काठमाडौंको आदेशले ओझालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ।

गायक ओझाले २०५१ सालदेखि दुई वर्षसम्म तीन जना नाबालिककासँग यौन सम्बन्ध राखेर खिचिएको भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको ठहर अदालतले गरेको छ।

साथै पीडितहरूलाई थाहै नदिइ यौन शोषण र अप्राकृतिक मैथुन गरेको फोटो खिचेर वेवसाइटमा समेत राखेर बेचबिखन गरेको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसलालाई उल्ट्याइ दिएको हो। ओझाले गाएको ‘बाहुले विहे गर्देनन् पोहोर पनि, भत्काइदिन्छु बाख्राको खोर पनि’ बोलको गीत निकै चर्चित थियो।

प्रतिक्रिया दिनुहोस्