तुलसीमेहरको अभियानः रोजगारीको राम्रो विकल्प



केशव अधिकारी

वि.सं. १९५५ मा ललितपुर जिल्लाको भेलाक्षे टोलमा जन्मेका तुलसीमेहर श्रेष्ठ पछि निकै नामी समाजसेवी भएर देखा परे । उनी निम्न–मध्यम परिवारमा जन्मेका र औपचारिक शिक्षा कति पनि हासिल गर्न नसकेका भए पनि धेरै कुराको जानकारी राख्ने भएकाले एउटा विशिष्ट समाजसेवी बन्न सकेका हुन् ।

आफू अलि ठूला भएपछि उनले देशको राष्ट्रिय एकता कमजोर भएको अनुभव गरी समाजलाई एकढिक्का बनाउने उद्देश्यले समाज सेवामा लागेका थिए । यसरी समाजसेवी काम गरेको त्यस बेलाको राणा सरकारलाई निकै रिस उठ्यो । त्यसकारण राणा सरकारले उनलाई हटाउने वा मार्ने उपाय सोच्न थाल्यो । फलस्वरुप उनलाई विभिन्न दोष लगाएर देश निकालाको सजाय भोग्न बाध्य पारियो । देश निकाला भएपछि उनी भारत गएर निर्वासित जीवन बिताउन थालेका थिए ।

त्यसै सन्दर्भमा उनको भेट भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक र अहिंसात्मक आन्दोलनका अनुयायी महात्मा गान्धीसँग हुनपुग्यो । त्यस बेला भारत अङ्ग्रेजहरूको उपनिवेशबाट स्वतन्त्र हुन खोज्दै गरेको हुनाले इस्ट इन्डिया कम्पनीको सरकारका विरुद्धमा विभिन्न चरणका आन्दोलनहरू हुँदै थिए । तुलसीमेहर भारत गएर पनि ती आन्दोलनको समर्थन मात्र गरेनन् कि तिनमा सशक्तरूपले भाग लिन थाले । उनको यो कार्यले गर्दा महात्मा गान्धीलगायतका अन्य राजनीतिज्ञहरू उनीदेखि निकै प्रभावित हुनपुगे ।

हरेक घरमा चर्खा राख्ने र कपास खेती गरी त्यसबाट कपडा बुन्न सकिएमा बेरोजगारी समस्या हल भएर जान सक्छ भन्ने उद्देश्यले महात्मा गान्धीले चर्खा प्रचार अभियान शुरु गरेका थिए । गान्धीको यो प्रयास तुलसीमेहरका नजरमा पनि निकै उपयुक्त जँचेको थियो । त्यसपछि उनी वि.सं. १८८१ मा नेपाल फर्केर नेपालमा पनि रोजगार सिर्जना गर्ने उद्देश्यले कपास खेतीका साथै चर्खा प्रचार अभियानमा लागेका थिए । उनले तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई खुशी बनाउँदै श्री ३ चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी नामको संस्था स्थापना गरेका थिए । तुलसीमेहरको यो कामले स्वयम् चन्द्र शमशेर पनि ज्यादै खुशी भएका थिए । त्यसै समयदेखि आमनेपालीमा विदेशी मह“गा कपडाको साटो आफ्नै देशमा उत्पादन भएका कपासको धागोबाट बनेका घरबुना वा खाँडी कपडाको प्रेम बढेर गयो ।

चर्खा प्रचार र कपास खेती, खाँडी कपडाको उद्योगले धेरैलाई रोजगारी दिन थालेको थियो । तर केही समयपछि नै श्री ३ महाराज बनेका भीम शमशेरलाई तुलसीमेहरको यो काम पटक्कै मन परेन । तुलसीमेहरको चर्खा उद्योगमाथि प्रतिबन्ध लगाउँदै उनलाई काराबासको सजाय तेकियो । एउटा टुसाउँदै गरेको सिर्जनाको कोपिला निमोठ्ने काम भयो । पछि तुलसीमेहरलाई भारतले उनको निकै प्रशंसा गरेर नेहरू अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानसमेत गरेको थियो ।

आजभन्दा ११८ वर्षअगाडि नेपालमा बेरोजगारीको समस्या हल गर्न तुलसीमेहरले कपास खेती र चर्खा प्रचार महागुठीको स्थापना गरे । त्यसबेला सम्पूर्ण नेपाली जनतामध्ये एक–दुई प्रतिशतसम्म शिक्षित जनशक्ति थिए होला । र त बेरोजगार भएर अर्काको देशमा जानुपर्दाको क्षणमा तुलसीमेहरजस्ता समाजसेवीलाई नमीठो लाग्यो भने आज नेपालको पहाडी क्षेत्रको बस्ती नै रित्तो पारेर युवावर्ग खाडीमुलुकको गर्मीमा ओइरि“दै गर्दा र कैयौँ युवा बाकसमा लास बनेर आइपुग्दा पनि युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ भनेर कसैको मनमा गडेको पाइ“दैन ।

हरेक राजनीतिक दलहरूलाई आ–आफ्ना छिनाझपटी संहाल्दै र राज्यसत्ता हातलागीको मोहमा डुब्दै ठिक्क छ भने एक वा दुईवटा समाजले कदम चालेर मात्रै हुने केही होइन । हाम्रो देशको सबैभन्दा अधिक क्षेत्र ओगटेर रहेको पहाडी क्षेत्र हो । यो पहाडी क्षेत्र सम्पूर्ण नेपालको करिब ६८ प्रतिशत रहेको छ । तर यही पहाडी क्षेत्र क्रमशः बस्तीविहीन हुँदै गइरहेको छ । पहाडका खेत र बारीहरूका ढुङ्गामाटोसँग लाप्पा खेल्न नसकेर आमयुवा विदेशकै मोहमा डुब्दै गएका देखिन्छन् ।

पहाडी क्षेत्रलाई अबका दिनमा हराभरा बनाउ“दै आर्थिक उन्नतिको पाटो र बेरोजगारीको समस्यालाई हल गर्नको लागि उनै तुलसीमेहरको नीति अपनाउनुपर्ने हुन्छ । पहाडी क्षेत्रका बाँझा खेतबारीमा मिहिनेतका साथ कपास खेती गर्ने हो भने धेरै जनशक्तिले सजिलै रोजगारी पाउन सक्छन् । कपास रोप्नेदेखि लिएर फक्रेर तयार भएको कपास जम्मा गर्ने, भित्रको बियाँ छान्ने, छानिएको कपासलाई चर्खामा कातेर धागो उत्पादन गर्ने, उक्त धागोबाट कपडा बुन्नेजस्ता क्रियाकलाप गर्न सके आफ्नै देशमा युवाले रोजगारी पाउने प्रचूर सम्भावना रहने थियो ।

सिंचाइ गरिरहनु नपर्ने भएकाले पनि कपास खेती आफैंमा नगदे र सजिलो खेती हो । कपासबाट विभिन्न सुती कपडा तयार गर्न सकियो भने हाम्रा दुई ठूला छिमेकीले ती कपडा जति मूल्य तिरेर पनि बजार वृद्धि गरिदिनेछन् । कपास उत्पादन गर्ने काममा धेरैले रोजगारीसमेत पाउने कुरा निश्चितै छ । पूर्वी पहाडी क्षेत्रमा हाल बा“झो रहेको जमिनमा मात्रै कपास खेती गर्ने हो भने पनि परम्परागत कृषिको तुलनामा यो निकै लाभदायक हुनेछ । युवावर्गको मानसिकता विदेश पलायनमै अडेकोले अबका दिनमा तिनलाई रोक्ने यो एउटा राम्रो विकल्प बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्