ग्लोबल पासपोर्ट इन्डेक्स २०२६ : स्वीडेनको विश्वकै शक्तिशाली पासपोर्ट, नेपाल १६४औँ स्थानमा उक्लियो


काठमाडौं ।

सन् २०२६ को ग्लोबल पासपोर्ट इन्डेक्स (Global Passport Index) सार्वजनिक भएको छ। यस वर्ष स्वीडेन विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा पहिलो स्थानमा पुगेको छ भने स्विट्जरल्यान्ड दोस्रो र फिनल्यान्ड तेस्रो स्थानमा रहेका छन्।

नेपालको पासपोर्ट भने गत वर्षको तुलनामा सुधार हुँदै १६४औँ स्थानमा पुगेको छ। सन् २०२५ मा नेपाल १६६औँ स्थानमा रहेको थियो।

प्रतिवेदनअनुसार नेपाली पासपोर्टवाहकले हाल १० देशमा भिसाविनै वा आगमनमा भिसाको सुविधा प्राप्त गर्न सक्छन्। यद्यपि अधिकांश विकसित मुलुकमा यात्रा गर्न नेपाली नागरिकले अझै पनि पूर्वस्वीकृत भिसा लिनुपर्ने अवस्था कायम छ।

ग्लोबल पासपोर्ट इन्डेक्सले केवल भिसा–रहित यात्रालाई मात्र नभई यात्रा स्वतन्त्रता, लगानीको अवसर र जीवनस्तर जस्ता सूचकका आधारमा पनि पासपोर्टको समग्र शक्ति मूल्याङ्कन गर्ने गर्दछ