काठमाडौं। विश्वप्रसिद्ध अमेरिकी पप गायिका टेलर स्विफ्ट र एनएफएल स्टार ट्राभिस केल्से वैवाहिक बन्धनमा बाँधिएका छन्। दुवैका प्रतिनिधिले जुलाई ३ मा विवाह सम्पन्न भएको आधिकारिक रूपमा पुष्टि गरेका हुन्। न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजित भव्य समारोहमा परिवारका सदस्य, आफन्त तथा संगीत, खेलकुद र हलिउड क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विवाह समारोहलाई अभिनेता तथा हास्यकलाकार एडम स्यान्डलरले सञ्चालन गरेका थिए। टेलरले परम्परागत ब्राइड्समेड नराखी आफ्ना भाइ अस्टिन स्विफ्टलाई ‘म्यान अफ अनर’को जिम्मेवारी दिएकी थिइन् भने ट्राभिसका दाजु तथा पूर्व एनएफएल खेलाडी जेसन केल्से ‘बेस्ट म्यान’ बनेका थिए। समारोहमा जेनिफर लोपेज, एड शिरन, जिमी फालोन, इथन हक लगायतका
सन् २०२३ मा सुरु भएको टेलर र ट्राभिसको प्रेम सम्बन्ध विश्वभर चर्चाको विषय बनेको थियो। सन् २०२५ मा उनीहरूले इन्गेजमेन्ट गरेका थिए भने करिब तीन वर्षको सम्बन्धपछि विवाह गर्दै नयाँ जीवनको सुरुवात गरेका हुन्। उनीहरूको विवाहलाई अमेरिकी सञ्चारमाध्यमहरूले “अमेरिकाको रोयल वेडिङ” को संज्ञासमेत दिएका छन्।











प्रतिक्रिया