नवलपरासी।
पूर्वी नवलपरासीकाे हुप्सेकाेट ६ घाँगी भीरमा दिनहुँ देखिदै आएकाे धुवाँको मुस्लोले स्थानीयहरू अचम्मित बनेका छन् ।
करिव अढाई महिना अघि पहिराे गएकाे उक्त भीरमा जमिन मुनिबाट धुवाँको मुस्लो निस्कनुका साथै बारूदकाे जस्तै पिरो गन्ध आउने गरेको स्थानीयबाट सूचना प्राप्त भएकाे प्रहरीले जनाएको छ ।
स्थानीयले दिएकाे सूचना अनुसार प्रहरीकाे एक टाेली बिहीबार उक्त स्थान नजिक पुगेर अवस्था अध्ययन गरि फर्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
प्रहरीका अनुसार उक्त स्थान नजिक धुवाँ आई रहेकाे तथा करिव १ किमि उत्तरमा रहेकाे पेलेगा गाउँ वरपर भने कुनै मानवीय तथा चाैपाया क्षति नभएकाे बताईएकाे छ ।
यसै सम्बन्धमा हुप्सेकाेट गाउँ पालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डेले उक्त स्थानमा झण्डै १५ दिन अघि पालिका प्रतिनिधिहरूकाे टाेली पुगेर भाैलिक अवस्था अवलोकन गरी यहाँको बस्तुस्थितका बारेमा खानी तथा भूगर्भ बिभागमा लिखित जानकारी पठाईएकाे बताईन् ।
स्थानीय महाभारत तथा शिवालिक क्षेत्र आसपासमा अवस्तित हुप्सेकाेट गाउँ पालिकाकाे नाम्जाकाेट,पाेखरी,धाैवादी यस अघि देखिकै फलाम खानीका रूपमा परिचित तथा प्रमाणित भूगोल हाे ।

यहाँ समय समयमा काेईला,क्वार्टजाइट जस्ता खनिज पदार्थकाे अध्ययन पनि हुँदै आएकाे छ भने ऐतिहासिक काल खण्डमा यहीँकाे नाम्जाकाेटमा उत्पादित फलाम हात हतियार तथा अन्य घरेलु ओैजार निर्माणका लागि तात्कालिन पाल्पा राज्यसम्म पुग्ने गरेको जनश्रुति रहेकाे पाईन्छ ।
स्थानीयले दिएकाे सूचना,प्रहरी तथा पालिका जन प्रतिनिधि समेतकाे स्थलगत अध्ययनमा धुवाँ देखिएकाे भनाईले उक्त स्थानमा कुनै न कुनै भाैगर्भिक घटना बिकास भएकाे हुन् सक्ने जिल्लाबासीले आँकलन गरेका छन् ।
खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता डा.गणेश नाथ त्रिपाठीले उक्त क्षेत्रकाे अवस्थाबारे अनविज्ञता प्रकट गर्दै जमिन बाहिर देखिने धुँवा र गन्ध सम्बन्धि बिषय आफ्नाे बिभागकाे कार्य क्षेत्रमा नपर्ने बताए ।
त्रिपाठीले भने धुवाँ निस्कने कुरा आगलागी जन्य गतिविधि पनि हुन सक्छ र कुनै कुनै बनस्पति जल्दा पनि पिरा गन्ध निस्कने हूँदा थप अध्ययन बिना केही भन्न सकिँदैन ।
उनका अनुसार भाैगर्भिक र खानी जन्य कुराहरूका बिषयमा स्थानीय तहबाट जानकारी आएमा विशेषज्ञ सहितकाे बिभागीय टाेली सम्बन्धित क्षेत्रमै पुगेर अवस्था अध्ययन गर्ने छ ।
भूक्षयका कारण हुप्सेकाेट क्षेत्रमा रहेका पुराना फलामका धाउहरू पुरिएको भन्ने सुन्दै आएका स्थानीयहरू यस पटक वर्षा याम लागि सक्दा पनि पेलेगाकाे घाँगीमा जमिन मुनिबाट एकाेहाेराे धुँवा आएको कुराले अचम्मित र त्रसित बनेका छन् ।











प्रतिक्रिया