जाम कि क्या हो म नि लाहुर भन्दै समकालीनको नयाँ गीत सार्वजनिक भिडियो सहित


काठमाडौं ।

नेपाली रक ब्यान्ड समकालीनले नयाँ गीत ‘लाहुर’ सार्वजनिक गरेको छ। जीवनका संघर्ष, बेरोजगारी, आर्थिक अभाव र युवापुस्तामा बढ्दो वैदेशिक रोजगारीको मोहलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तानेको छ।

रक शैलीमा तयार गरिएको यो गीतमा आधुनिक युवापुस्ताको मानसिक अवस्था, सामाजिक यथार्थ र वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।नवराज थापा क्षेत्रीको स्वर र शब्द रहेको छ  संगीत समकालीन ब्यान्डले नै तयार गरेको हो। सारिन केसीले बास गितार र ब्याक भोकल, प्रज्वल श्रेष्ठले गितार र ब्याक भोकल, निकेश मान जोशीले ड्रम्स तथा क्षितिज शेरचनले गितार र ब्याक भोकलमा साथ दिएका छन्।

गीतले जीवनमा निरन्तर असफलता, आर्थिक अभाव, आफ्नै मान्छेबाट टाढिने पीडा र भविष्यप्रतिको अन्योललाई चित्रण गरेका छन्। आँसुको मूल्य हुन्थ्यो भने संसारकै धनी हुन्थें म जस्ता भावपूर्ण हरफमार्फत गीतले युवाको मनोभावलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ।

गीतको मुख्य लाइन जाम कि क्या हो म नि लाहुरले नेपालमा रोजगारी र अवसरको अभावका कारण विदेशिन बाध्य भइरहेका हजारौं युवाको मनोविज्ञानलाई प्रस्तुत गरेको छ। लाहुरे बन्ने चाहना, गाउँघर छोड्नुपर्ने बाध्यता र राम्रो भविष्यको खोजीलाई गीतले सांगीतिक शैलीमा उतारेको छ।गीललाइ समकालन युट्युबमार्फत सार्वजनिक गरिएको छ।