फिफा विश्वकप २०२६ अभियानसँगै क्लियर मेनको ‘क्लियर हेडले खेलौँ’ अभियान


काठमाडौँ ।

विश्वकै अग्रणी एन्टी–ड्यान्ड्रफ मेन स्याम्पु क्लियर मेनले फिफा विश्वकप २०२६™ सँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपाली फुटबलप्रेमीसँग जोड्दै ‘क्लियर हेडले खेलौँ’ अभियान सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नेपालमा फुटबलप्रतिको बढ्दो आकर्षण, फुटसल संस्कृति, खेल हेर्ने चलन तथा सामाजिक सञ्जालमार्फत हुने अभिव्यक्तिलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिएको हो। अभियानले फुटबलप्रतिको उत्साहसँगै आत्मविश्वास र स्पष्ट सोचको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ।

अभियानअन्तर्गत क्लियर मेनले सीमित संस्करणको ‘रोनाल्डो प्याक’ बजारमा ल्याएको छ। उक्त प्याकमा विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको तस्बिर तथा हस्ताक्षर समावेश गरिएको छ।

अभियानको मुख्य आकर्षणका रूपमा नेपाली हिप–हप कलाकार गिरीश खतिवडाले प्रस्तुत गरेको ‘क्लियर हेडले खेलौँ’ एन्थम सार्वजनिक गरिएको छ। कम्पनीले उक्त गीतमार्फत ‘प्ले विद अ क्लियर हेड’ भन्ने आफ्नो विश्वव्यापी अवधारणालाई नेपाली युवा पुस्तासँग जोड्ने प्रयास गरेको जनाएको छ।

“युनिलिभर नेपालकी मार्केटिङ प्रमुख सुरभि गोस्वामीले फुटबल आज खेल मात्र नभई युवाको अभिव्यक्ति र पहिचानको माध्यम बन्दै गएको बताइन्। उनका अनुसार अभियानले नेपाली युवाले फुटबललाई अनुभव गर्ने विभिन्न आयामसँग जोडिने प्रयास गरेको छ।

त्यस्तै, “युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले फिफा विश्वकपको विश्वव्यापी ऊर्जा र नेपाली फुटबल समर्थकको उत्साहलाई एकै ठाउँमा ल्याएर उपभोक्तासँग अझ गहिरो सम्बन्ध स्थापित गर्ने लक्ष्य रहेको बताए।

क्लियर मेनले उपभोक्तालाई लक्षित गर्दै ‘वाश एण्ड स्टाइलिङ एक्सपिरियन्स’ पनि सुरु गरेको छ। कम्पनीका अनुसार सीमित संस्करणको रोनाल्डो प्याक खरिद गर्ने ग्राहकले काठमाडौँस्थित लक्ष्मी सलुन मा विशेष सेवा प्राप्त गर्न सक्नेछन्।

कम्पनीले अभियानलाई डिजिटल प्लेटफर्म, स्थलगत कार्यक्रम, सामाजिक सञ्जाल चुनौती तथा सामग्री निर्माण गतिविधिमार्फत विस्तार गर्ने जनाएको छ। क्लियर मेन हाल पुरुषका लागि ‘कुल स्पोर्ट मेन्थोल’ तथा महिलाका लागि ‘एन्टि हेयरफल’ भेरियन्टमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।