एजेन्सी ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा गरिएको हालैको आक्रमण किभमाथि रूसले गरेको हमलाको प्रतिकार भएको बताएका छन्।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले कीभ-पेचेर्स्क लाभ्रामा रहेको असम्पशन क्याथेड्रलमा आगलागी भएको घटनाको उल्लेख गर्दै रुसी आक्रमणका कारण युक्रेनले ठूलो क्षति व्यहोर्नुपरेको बताए। उक्त आक्रमणमा किभमा पाँच जनाको मृत्यु भएको थियो।
जेलेन्स्कीले युक्रेनले जुन १५ मा भएको आक्रमणको जवाफ दिने चेतावनी पहिले नै दिइसकेको स्मरण गराउँदै आफ्नो देश चुप लागेर नबस्ने स्पष्ट पारे। “यदि युक्रेन जल्यो भने, मस्को पनि जल्नेछ,” उनले भने।
उनले आफ्नो टेलिग्राम सन्देशमार्फत पनि रूसलाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति प्रयासप्रति कुनै सकारात्मक संकेत नदेखाएको उनको आरोप छ।
युक्रेनी राष्ट्रपतिले पश्चिमी मुलुकहरूलाई रूसमाथिको आर्थिक तथा राजनीतिक दबाब थप बढाउन आग्रह गर्दै प्रतिबन्धलाई अझ कडा बनाउनुपर्ने धारणा राखे।
यसैबीच, मस्कोस्थित तेल प्रशोधन केन्द्रमाथि एक साताभित्र दोस्रोपटक आक्रमण भएको जनाइएको छ, जसले युद्धको तनाव थप चर्किएको संकेत गरेको छ।











प्रतिक्रिया