काठमाडौँ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ माग गरेका छन्।
नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीबाटै गैरजिम्मेवार अभिव्यक्ति आउँदा मन्त्रीहरूमा पनि त्यस्ता अभिव्यक्ति दिने प्रवृत्ति बढेको आरोप लगाए। उनले अर्थमन्त्रीले संसद्मा सांसदलाई धम्की दिने र अन्य मन्त्रीहरूले अनुचित टिप्पणी गर्ने गरेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका लागि बनाइएका होल्डिङ सेन्टरमा खाना र पानीको अभाव रहेको उल्लेख गर्दै उनीहरूको पुनर्वासका लागि बजेटसहित प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरे।











प्रतिक्रिया