ड्रेकले तोडे माइकल ज्याक्सनको रेकर्ड

चार्टको शिखर महत्वपूर्ण कि दशकौंपछिसम्म बाँचिरहने गीत


विश्व संगीत जगत्मा माइकल ज्याक्सन र ड्रेक दुई फरक पुस्ताका सुपरस्टार हुन्। तर अहिले यी दुई कलाकारबीच एउटा रोचक तुलना सुरु भएको छ।
क्यानडाली ¥यापर ड्रेकले हालै बिलबोर्ड हट–१०० चार्टमा पुुरुष कलाकारतर्फ सर्वाधिक नम्बर १ गीत दिने कलाकार बनेका छन्। उनले बिलबोर्डमा आफ्नो १४ औं नम्बरको जनिस एसटीएफयु बोलको गीत दर्ता गर्दै किङ अफ पप माइकल ज्याक्सनको १३ गीतको रेकर्डलाई उछिनेका छन्।

ड्रेकको सो नयाँ गीत हालै नम्बर–१ स्थानमा पुगेपछि उनले पुरुष एकल कलाकारमध्ये सबैभन्दा धेरै हट–१०० नम्बर–१ गीत बनाउने कीर्तिमान कायम गरेका हुन्। योसंगै ड्रेक सम्पूर्ण कलाकारमध्ये रिहाना र टे«लर स्विफ्टको साथ बराबरीमा पुगेका छन्।

संगीत विश्लेषकहरूको भनाइमा यो बहस केवल रेकर्डको होइन, सांगीतिक विरासतको पनि हो। स्ट्रिमिङ युगमा कलाकारका प्रशंसकले रिलिज भएको पहिलो सातामै करोडौ पटक गीत सुन्ने भएकाले चार्टमा शीर्ष स्थान हासिल गर्न सजिलो भएको छ। तर सबै नम्बर–१ गीत दीर्घकालीन रूपमा स्मरणीय बन्ने भने निश्चित छैन।

ड्रेकले हालै सार्वजनिक गरेका आफ्ना तीन एल्बमका ४२ गीत एकैपटक हट–१०० चार्टमा प्रवेश गरेको दाबी गरिएको छ। हाल हट १०० को उत्कृष्ट १० सूचीमा ९ वटा उनकै गीत रहेका छन्। तर संगीतप्रेमीबीच एउटा प्रश्न भने अझै कायम छ—सबैभन्दा धेरै नम्बर–१ गीत हुनु ठूलो उपलब्धि हो कि दशकौ“सम्म सम्झिइने कालजयी गीत सिर्जना गर्नु ? संख्याको हिसाबले ड्रेकले माइकल ज्याक्सनलाई उछिनेका छन्। तर सांगीतिक इतिहासमा कसको प्रभाव गहिरो छ भन्ने बहस भने अझै जारी छ।