प्रतिपक्षी दलहरूको सर्वदलीय बैठक बस्दै


काठमाडौँ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको सर्वदलीय बैठक आज बस्ने भएको छ।

कांग्रेस संसदीय दलका सचेतकनिश्कल राईकाका अनुसार बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो १२ बजे आयोजना गरिएको छ।

हालको राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै संसद्मा प्रतिपक्षी दलहरूले अपनाउने साझा रणनीति तय गर्न तथा आगामी संसद् बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो।

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहित संसद्मा प्रतिपक्षको भूमिकामा रहेका विभिन्न दलका शीर्ष नेता तथा संसदीय दलका पदाधिकारीहरूको उपस्थिति रहने जनाइएको छ।