काठमाडौं।
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा सामुदायिक तथा विशेषज्ञ स्वास्थ्य संस्थालाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै डा. स्वर्णिम वाग्लेले धुलिखेल सामुदायिक अस्पताल र किओच काठमाडौं बाल अस्पताललाई बजेट उपलब्ध गराइने जानकारी दिए।
अर्थमन्त्री वाग्लेले यी स्वास्थ्य संस्थाहरूलाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका लागि सहयोग गरिने बताए। किओच काठमाडौं बाल अस्पताल डा. भगवान कोइराला को नेतृत्वमा सञ्चालन हुँदै आएको संस्था हो।
यस्तै सरकारले तिलगंगा आँखा प्रतिष्ठान लाई लेन्स उत्पादनमा लाग्दै आएको कर छुट दिने घोषणा पनि गरेको छ।
अर्थमन्त्री वाग्लेले उक्त कर छुटले प्रतिष्ठानको लेन्स उत्पादन क्षमता वृद्धि हुने तथा स्वदेशमै सस्तो र गुणस्तरीय आँखा उपचार सामग्री उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।











प्रतिक्रिया