काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा राष्ट्रिय टोली र डेभलपमेन्ट टिमका खेलाडीको पारिश्रमिक सार्वजनिक गरेको छ । जसअनुसार पुरूषतर्फ ३८ र महिलातर्फ २५ गरी ६३ खेलाडीलाई मासिक तलब दिने क्यानले जनायो । यसमा कुल ३ करोड ५९ लाख रुपियाँ खर्च हुनेछ ।
क्यानले ३८ पुरूष खेलाडीहरूलाई विभिन्न ५ विधामा सम्झौता दिइएको छ । जसअनुसार ३५ हजार देखि १ लाख २० हजार रुपियाँ तलब तोकिएको छ । जसमा पुरूष खेलाडीतर्फ ‘ए प्लस’ श्रेणी थप गरिएको छ । यस श्रेणीमा नेपालका तीन मुख्य खेलाडीलाई सामेल गरिएको छ । उनीहरूले १ लाख २० हजार मासिक तलब पाउनेछन् । यस्तै, ए श्रेणीमा ४ खेलाडीलाई समावेश गरिएको छ । उनीहरूले १ लाख मासिक तलब पाउनेछन् ।
राष्ट्रिय टोलीमा नरहेका तर संभावना भएका खेलाडीलाई डेभलपमेन्ट क्याटगरी वा डी श्रेणीमा राखिएको छ । यसमा १५ खेलाडीलाई समावेश गरिएको छ । उनीहरूलाई मासिक तलब ३५ हजार रुपियाँ दिइनेछ ।
महिला क्रिकेट खेलाडीको हकमा २५ हजार देखि ५५ हजार रुपियाँसम्म मासिक पारिश्रमिक दिने जनाइएको छ । महिलातर्फ डेभलपमेन्ट क्याटगरीका १४ खेलाडीले २५ हजार प्राप्त गर्नेछन् ।क्यानले पुरुष र महिला खेलाडीलाई कुल ३ करोड ५९ लाख रुपैयाँ पारिश्रमिक दिनेछ ।
यसबाहेक एकदिवसीय खेल खेलेको १५ हजार र टि–२० आई खेलेको म्याच फि १५ हजार र १० हजार हुने पनि क्यानले जनाएको छ । नेपालमा अन्य खेलमा पारिश्रमिकको तुलना गर्दा यो अधिक रकम हो । कति खेलका लागि त मासिक तलब नै दिइँदैन । क्यानले पछिल्ला दशकदेखि नै खेलाडीलाई राम्रो तलब दिइरहेको छ । यसपटक त्यो भन्दा बढी नै क्यानले दिने भएको हो ।
मासिक तलब कसले कति पाउने
पुरुष क्रिकेटर
ए प्लस श्रेणी –१ लाख २० हजार : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने
ए श्रेणी –१ लाख : सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी
श्रेणी बी –७५ हजार : ललित राजवंशी, आरिफ शेख, भिम सार्की, नन्दन यादव, गुलशन झा
श्रेणी सी –५५ हजार : सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, ईशान पाण्डे, बसिर अहमद, शेर मल्ल, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह
श्रेणी डी –३५ हजार ः तृतराज दास, पवन सराफ, रशिद खान, अर्जुत घर्ती, बिपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, सागर ढकाल, प्रतीस जीसी, अर्जुन साउद, दीपक डुम्रे, आकाश चन्द, सन्तोष यादव, नारायण जोशी
महिला क्रिकेटर
श्रेणी ए – ५५ हजारः इन्दु बर्मा, पूजा महतो, रुबीना क्षेत्री, सीता रानामगर
श्रेणी बी –४० हजारः कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय
श्रेणी सी –३० हजार : बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार, रिया शर्मा
श्रेणी डी –२५ हजार : रोमा थापा, इश्वरी विष्ट, सुमन विष्ट, यशोदा विष्ट, ममता चौधरी, रचना चौधरी, अश्मिना चौधरी, सावित्री धामी, सना परवीन, सोनी पाखरिन, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, लक्ष्मी साउद











प्रतिक्रिया