वीरगन्ज ।
एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि वीरगन्जमा एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रमा बसोबास गर्ने ती किशोरले नतिजाप्रति तनावमा परेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनापछि परिवार र स्थानीयवासी शोकमा डुबेका छन्। प्रहरीले घटनास्थल मुचुल्का गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। एसईई नतिजापछि विद्यार्थीमा मानसिक तनाव बढ्ने भएकाले अभिभावकलाई बालबालिकासँग संवाद गर्न र सकारात्मक वातावरण बनाउन मनोविद्हरूले आग्रह गरेका छन्।











प्रतिक्रिया