काठमाडौं ।
काठमाडौंको जडीबुटी क्षेत्रमा यात्रुलाई हैरानी दिएको आरोपमा प्रहरीले ३२ जना बिचौलियालाई पक्राउ गरेको छ।
सार्वजनिक सवारीमा पूर्वतर्फ जान लागेका यात्रुको झोला तान्ने, सिट मिलाइदिने बहानामा दुःख दिने तथा महिलामाथि दुर्व्यवहार गरेको गुनासोपछि उनीहरूलाई बिहीबार बिहान नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि आपराधिक अभिलेख जाँच गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया